मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवम सन्तानको प्रगति हुनेछ । यात्रामा खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको अन्त्यमा भने साथीभाइ भेटघाट एवम पारिवारिक व्यस्तता बढ्नेछ । धनको सहयोग मिल्नाले तनाव कम हुनेछ ।

वृष-छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी कामबाट फाइदा मिल्नेछ । आत्मबल बढ्नाले काममा प्रगति देखिन्छ । साताको मध्यमा भने पारिवारिक मनमुटाव एवम स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवम कला साहित्यमा विशेष रुचि जाने छ ।

मिथुन-बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम इष्टमित्रबाट सहयोग पाइनेछ । काममा व्यस्ता बढ्ने एवम जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने घरायसी वादविवाद बढ्ने एवम महिला वर्ग शत्रुता हुन सक्नेछ । प्रेममा समस्या एवं पैतृक धनमा किचलो आउनेछ ।

कर्कट-पहिचान स्थापित हुनेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । मनोरञ्जनमा खर्च हुने एवम घुमफिरमा मन जानेछ । व्यापार व्यवसायमा वृद्धि हुनाले धनको जोहो हुनेछ । साताको अन्त्यमाभने व्यावसायिक यात्रा एवम वैदेशिक काममा शुभ समाचार मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।

सिंह-आर्थिक व्यय बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्रामा सास्ती मिल्नेछ । साताको मध्यमा भने व्यवसाय फस्टाउने एवम धन सम्पति प्राप्ती हुनेछ । सवारी सुख एवम भोग विलासमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने, रोजगारीमा सफलता एवम जागिरमा उन्नतीका साथै काममा मानसम्मान मिल्नेछ ।

कन्या-मनग्य आम्दानीहुनेछ । व्यवसायमा फाइदा हुनाले ऋणको बोझ कम हुनेछ । साताको मध्यमा भने खर्चले तनाव हुने एवम झुटो आरोप लाग्नेछ । मनमा चिन्ता बढ्नाले फाइदा अरुलाइ हुनेछ । साताको अन्त्यमा भने अधुरा कामबन्ने, व्यवसायमा राहत मिल्ने एवम अरुको काममा समय बढी खर्च हुनेछ ।

तुला-सरकारी क्षेत्रमा फाइदा मिल्नेछ । ठुलाबडाले साथ दिनाले पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत मिल्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ । जग्गा जमिन एवम कृषिबाट आम्दानी बढी हुनेछ । साताको अन्त्यमा भने धनको क्षय हुने, व्यर्थ खर्च गर्नुपर्ने एवम शारीरिक पीडा एवम यात्रामा व्यवधान हुनेछ ।

वृश्चिक-भाग्यले साथ दिनेछ । धर्मकर्ममा रुचि जाने छ । सामाजिक एवम पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवम पहिचान स्थापित हुनेछ । जागिर एवम रोजगारीको अवसर मिल्नेछ । आफन्तको धनको सहयोगबाट आँटेको काम पूरा बढ्नेछ । आम्दानी बढ्नाले नयाँ सरमान प्राप्ती हुनेछ ।

धनु-कार्यमा ढिलासुस्तीआउनेछ । दुष्मनी गर्नेहरु अगाडि सर्नेछन् । गरेको काममा अपजस मिल्नाले सामाजिक प्रतिष्ठा गिर्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ पारिवारिक साथ मिल्ने एवं जीवन साथीबाट आर्थिक सहयोग मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ एवम कार्यको कदर हुनेछ । नाम र दाम दुवै कमाइने योग देखिन्छ ।

मकर-पारिवारिक भेटघाटबन्नेछ । प्रेम सुखमा वृद्धि एवम व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवम काममा उल्झन आउनेछ। अधुरा काम रहनाले घाटा बेहोर्नु पर्नेछ । साताको अन्त्यमा भने धार्मिक यात्रा हुनेछ । परोपकारमा मन जाने एवम भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।

कुम्भ-घर बाहिरको काममा व्यस्ता बढ्नेछ । खेलकुदमा मन जाने एवम स्वास्थ्यमा सुधार हुनेछ । विरोधीहरुले बाटो प्रेममा खुशियाली बढ्नेछ । साझेदारी व्यवसायमा नाफा मिल्नेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । साताको अन्त्यमा भने अवरोधको सिर्जना, ऋण लाग्ने एवम अरुको अपजस आफूलाई लाग्नेछ ।

मीन-कृषि एवं माटोबाट धनार्जन हुनेछ । अध्ययनले सफलता पाउनेछ । सांगितिक क्षेत्रमा प्रगति एवम सन्तानबाट सहयोग मिल्नेछ । ऋणको भार कम हुने एवम व्यवसायमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्ने एवम पारिवारिक सहयोग मिल्नाले आँटेको काममा प्रगति हुनेछ । नयाँ काममा लगानीको योजना बन्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah