मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

उग्र स्वभावको ख्याल राख्नुहोला। तपाई मानसिक रूपले थकान अनुभव गर्नुहुनेछ। अधिक परिश्रमको गर्दा पनि कम फल प्राप्त होला। सन्तानको विषयमा चिन्ता रहनेछ। कार्यको अधिक व्यस्तताको कारण परिवारमा कम ध्यान दिनुहुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कुनै पनि कार्य दृढ मनोबल र आत्मविश्वासका साथ गर्नुहुनेछ तथा त्यसमा सफलता पनि प्राप्त गर्नुहुनेछ। पितृपक्षको तर्फबाट लाभ हुन सक्छ। विद्याभ्यासमा विधार्थीले रुचि लिनेछन्। सरकारी कार्यमा आर्थिक रुपले सफलता मिल्न सक्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ योजना सुरु गर्न अनुकूल दिन छ। सरकारी लाभ र उच्च अधिकारीबाट कामको उचित फल प्राप्त गर्नुहुन्छ। भाईबहिनी र छिमेकीबीच विवाद हटाउन सक्नुहुन्छ। वैचारिक परिवर्तनको लागि शुभ दिन छ। आर्थिक मामिलामा सावधान रहन आवश्यक छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नकारात्मक दृष्टिकोणले व्यवहार नगर्नुहोला। शारीरिक र मानसिक रुपले स्वस्थ अनुभव गर्नु हुनेछैन। निराशा र असन्तोषको भावना मनमा बनिरहनेछ। विधार्थीले अभ्यासको अपेक्षित परिणाम पाउने छैनन्। अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाई आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। कामको निर्णय पनि लिन सक्नुहुन्छ। बुबाबाट लाभ मिल्न सक्छ। सामाजिक मान-प्रतिष्ठा वृद्धि हुन सक्छ। बोलि र व्यवहारमा उग्रता टाढा गर्नुहोला। रिस अधिक मात्रामा रहन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक थकान र मानसिक तनाव अधिक रहला। मित्रसँग कुनै कुरामा मनमुटाव होला। स्वभावमा आवेश र क्रोधको मात्रा अधिक रहनेछ। धार्मिक कार्यमा खर्च हुन सक्छ। स्वास्थ्यको ध्यान राख्नुहोला। आकस्मिक पैसा खर्च हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विविध क्षेत्रमा भएको लाभबाट प्रसन्न अनुभव होला। आय वृद्धि हुन सक्छ। मित्रबाट लाभ होला। स्त्री मित्रसँग भएको भेटले आनन्द महसुस हुनेछ। विवाहोत्सुकलाई अपेक्षित जीवनसाथी मिल्ने योग छ। उत्तम भोजन प्राप्त होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिन शुभफलदायी छ। व्यवसायिक स्थलमा वातावरण अनुकूल रहला। तपाईप्रति उच्च अधिकारी प्रसन्न रहनेछन्। हरेक काम सफलतापूर्वक सम्पन्न होला। तपाईको मान-प्रतिष्ठा वृद्धि होला। घरायसी जीवनमा सन्तानको प्रगतिको कारण सन्तोष अनुभव होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्य स्वस्थ रहला। शारीरिक रूपले थकान अनुभव हुन सक्छ। मनमा निराशा रहन सक्छ। व्यवसायिक रुपले बाधा उत्पन्न हुन सक्ला। संकटजनक विचार वा व्यवहारबाट टाढा रहेको नै उत्तम साबित होला। प्रतिस्पर्धि र विरोधिसँग विवाद टाल्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अचानक पैसा खर्च हुने योग छ। यो खर्च स्वास्थ्यको कारण पनि हुन सक्छ। व्यवहारिक वा सामाजिक कार्यको लागि बाहिर जानुहुनेछ। खानपिनमा ध्यान राख्नुहोला। क्रोध तथा नकारात्मक विचारमा ख्याल गर्नुपर्ने हुन्छ। पेसा वा व्यवसायमा अनुकूलता रहला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको दिन यात्रा गर्नको लागि अनुकुल छ। हरेक काम दृढ मनोबल र आत्मविश्वास पूर्वक गर्नुहुनेछ। शुभ भोजन र नयाँ वस्त्र परिधानको प्रसंग उपस्थित हुनेछ। सहकर्मीको सहयोग मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन शुभफलदायी छ। तपाई आफ्नो मनोबल र आत्मविश्वासमा दृढ अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहला। घरमा सुख-शान्तिको वातावरण रहला। स्वभाव र बोलिमा ध्यान राख्नुहोला। बिगुल न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah