सिन्धुपाल्चोक- मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेका दुई जनाको उद्धार गरिएको छ।

बाढीपछि मेलम्चीस्थित रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। होटलमा थुनिएका उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार विहान उद्धार गरिएको थियो।

मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानीको आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भोतिक तथा मानवीय क्षति पुगेको छ।

तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ। मेलम्चीमा हिजो साँझदेखि बाढी गए पनि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन। बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो।

सदरमुकाम चौतारा र काभ्रेको धुलिखेलबाट गरी २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ।

निरन्तर वर्षापछि आएको बाढीले बगाएकामध्ये एक जनाकाे शव भेटिएकाे सिन्धुपाल्चाेकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए। हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको छ।

त्यसैगरी बाढीले चोक्पा पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पूल, बाहुनेपाटी पुलसमेत बगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर