मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज तपाईको स्वास्थ्य स्वस्थ रहला। शारीरिक थकान अनुभव गर्नुहुन्छ। पेट सम्बन्धित पीडा हुन सक्छ। सन्तानको विषयमा चिन्तित रहनुहुनेछ। सबै कार्यमा सफलता प्राप्त हुनेछ। कार्यको भागदौडको कारण परिवारको लागि कम समय निकाल्नु सक्नुहुन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आज कुनै पनि कार्य दृढ मनोबल एवम् पूर्ण विश्वासका साथ गर्न सक्नुहुनेछ। पिता एवम् पैतृक सम्पत्तिबाट लाभ हुने योग छ। तपाई प्रति पिताको व्यवहार सरल रहनेछ। कलाकारहरु तथा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने मौका प्राप्त गर्नेछन्। सन्तानको ईच्छा-आकांक्षामा खर्च हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको लागि आज दिन राम्रो र लाभदायी छ। मित्र एवम् छिमेकीसँग राम्रो सम्बन्ध रहनेछ। आर्थिक रुपले सजग रहनुहुनेछ। तपाईको मन चंचल भएको कारण विचारमा शीघ्र परिवर्तन आउनेछ। तन-मनबाट स्फूर्तिको आभास हुनेछ। नयाँ कामको प्रारम्भ गर्नको लागि शुभ दिन छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आज तपाईको दिन मध्यम फलदायी छ। तपाईको मनमा ग्लानि रहनेछ। आज सम्पूर्ण काम गर्दा पनि सन्तोष मिल्नेछैन। स्वास्थ्य स्वस्थ रहनेछैन। दाँया आँखामा समस्या हुन् सक्ला। आज परिवारबीच मनमुटाव हुन सक्छ। तपाईको मानसिक व्यवहार नकारात्मक रहनेछ। विधार्थीले पढाईमा सफलता प्राप्त गर्ने छैनन्। कुनै पनि अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आज दिन शुभ फलदायी छ। तपाई आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। हरेक काम निश्चय साथ सम्पन्न गर्न सक्नुहुन्छ। सरकारी कार्य तथा सरकारबाट लाभ होला। पिता तथा ठुला व्यक्तिको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान मिल्नेछ। व्यवहारमा उताउलोपन रहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आज शारीरिक एवम मानसिक चिन्ताको बोझमा दिन बित्नेछ। अदालती मामिलामा सावधान रहनुपर्ने हुन्छ। आकस्मिक धन खर्च हुनेछ। धार्मिक कार्यमा खर्च हुन् सक्छ। शान्त मनले काम गर्नुहुन्छ। शारीरिक तन्दुरुस्ती खराब हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आजको दिन शुभफलदायी छ । तपाईलाई भिन्न-भिन्न लाभ हुने योग छ। मित्रसँग भेटघाट र केहि मनोहर स्थलमा घुमफिर हुनेछ। धनप्राप्तिको योग छ। आय वृद्दि हुन सक्छ। व्यापारी वर्गलाई लाभ मिल्न सक्छ। स्त्री मित्रबाट लाभ होला । वैवाहिक सुख प्राप्त होला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आज घरायसी जीवन आनन्द र उल्लामा बित्नेछ। सबै काम अवरोध बिना नै सम्पन्न हुनेछ। मान-सम्मान मिल्न सक्छ। उच्च अधिकारी एवम् ठुला व्यक्तिको कृपा दृष्टि रहनेछ। धन लाभको योग छ। व्यापारिक दृष्टिले बाहिर जाने अवसर छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आज सकेसम्म यात्रा नगर्नुहोला। शरीरमा थकान रहनेछ। स्वास्थ्य मध्यम रहला। मनमा चिन्ता र व्याकुलता रहला। व्यापारमा अवरोध रहनेछ। भाग्यले साथ दिनेछैन। जोखिमपूर्ण विचार र व्यवहारबाट टाढा रहनुहोस्। उच्च अधिकारीसँग संघर्ष गर्नुहुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कार्यालय र व्यापारको क्षेत्रमा आज अनुकूल परिस्थिति छ। अफिसको कार्य कुशलतापूर्वक गर्न सक्नुहुनेछ। व्यवहारिक र सामाजिक कार्यको लागि बाहिर जाने अवसर प्राप्त गर्नुहुन्छ। खानपिन-घुमफिर गर्दा ध्यानपुर्वक गर्नुहोला। निषेधात्मक विचारबाट टाढा रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आज दृढ मनोबल र आत्मविश्वास छल्किरहनेछ। विपरीत लिंगीय व्यक्तिको पहिचान हुनेछ र मित्रता बढ्नेछ। छोटो यात्रा वा आनन्ददायी भ्रमण होला। रुचिकर भोजन र नयाँ वस्त्रबाट मन अति प्रसन्न हुनेछ। विवाहित दम्पत्तिलाई उत्तम वैवाहिक सुख प्राप्त हुनेछ। समाजमा मान-सम्मान वृद्धि हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन आज शुभ फलदायी छ। तपाईमा दृढ मनोबल एवम् आत्मविश्वासको सञ्चार हुनेछ। स्वास्थ्य स्वस्थ रहला। घरमा शान्ति र आनन्दको वातावरण बनिरहनेछ। दैनिक कार्य राम्रोसँग गर्न सक्नुहुन्छ। सहकर्मीको सहयोग मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah