कोरोना

दमकमा कोरोनाले दुईजनाको मृत्यु , मृतकको संख्या २५ पुग्यो, चिया बगानमा थप ९ जना संक्रमित


  काठमाडौं   सवाल नेपाल   २०७८ असार ४, २२:०४

दमक/ झापाको दमकमा कोरोना संक्रमित मृतकको संख्या २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएसंगै दमकमा संक्रमित मृतकको संख्या २५ पुगेको हो । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार दमक ५ की ७० बर्षिया महिला र दमक ३ का ६२ बर्षिय पुरुषको उपचारका क्रममा अलग अलग अस्पतालमा मृत्यु भएको हो । उनीहरु दुवै जनाको गए राती ( बिहिबार) मृत्यु भएको जनाइएको छ । यो तथ्याङक कोरोनाको दोश्रो भेरियन्टबाट संक्रमित मृतकको हो । २०७७ साल चैत्र २५ गते दमकमा पहिलो पटक दोश्रो भेरियन्ट पुष्टि भएको थियो ।

यसैगरी आज दमकको चियबगान क्षेत्रमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ९ जना कोरोना संक्रमित फेला परेका छन । कूल ५९ जनाको एन्टिजेन परिक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार