मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक र मानसिक रूपले उर्जामय अनुभव होला। घरायसी वातावरण आनन्दददायी रहनेछ। आर्थिक लाभ हुनुको साथै व्यवसायमा सन्तोष र छुटकारा अनुभव गर्नुहुनेछ। सामाजिक दृष्टिले प्रतिष्ठा वृद्दि हुनेछ। छोटो यात्रा हुन सक्ला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आकस्मिक खर्च होला। विद्यार्थीको पढाई-लेखाईमा बाधा उत्पन्न हुन् सक्ला। मन निकै व्याकुल रहला। मध्यान्नपछि घरमा सुख-शान्तिको वातावरण रहला। स्वास्थ्यमा सुधार होला । कार्य सफलताबाट प्रसिद्दि प्राप्त हुन सक्छ। व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईले जग्गा र घरको कागजातको विषयमा सावधान रहनुपर्ने हुन्छ। परिवारक सदस्यसँग बिना कारण तनाव बढ्नेछ। सन्तानको विषयमा चिन्ता रहनेछ। विद्या, अभ्यासमा बाधा उत्पन्न होला। आकस्मिक पैसा खर्च होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन आध्यात्मिक र रहस्यमय विद्या प्राप्त गर्नको लागि शुभ छ। शारीरिक र मानसिक स्वास्थ्य रहनेछ। तपाई केहि अधिक संवेदनशिल अनुभव गर्नुहुनेछ। परिवारका सदस्यसँग मतभेद हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाई मिठो बोलीले कुनै पनि काममा विजयी हुन सक्नुहुनेछ। परिवारका सदस्यसँग खुशीसाथ समय बिताउनु हुनेछ। मध्यान्नपछि कुनै पनि काम सोचविचार नगरी निर्णय नलिनुहोला। प्रियजनबाट लाभ होला। मित्र-आफन्तसँग भेट होला। प्रतिस्पर्धिको सामना गर्न सक्नुहुन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन शुभफलदायी छ। तपाई आफ्नो बोलीको प्रभावले लाभदायी र प्रेममय सम्बन्ध स्थापित गर्न सक्नुहुन्छ। आफ्नो वैचारिक समृद्धिले पनि अन्य व्यक्तिलाई प्रभावित गर्न सक्नुहुन्छ । व्यवसायिक दृष्टिले दिन लाभदायी छ। आर्थिक लाभ हुने सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक खर्च हुन सक्ला। शारीरिक र मानसिक अस्वस्थताको कारण साथीसँग चर्चा वा झगडा नहोस् यस कुराको ध्यान राख्नुहोला। अदालती काम सावधानीपुर्वाक गर्नुहोला। दिउँसो पछि स्थितिमा सुधार होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईले धेरै क्षेत्रमा लाभ र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ। धन प्राप्तिको योग छ। मित्रसँग भेट हुँदा पैसा खर्च हुनेछ। दिउँसो पछि साथीसँग घुम्न जानुहुनेछ। शारीरिक र मानसिक अस्वस्थता अनुभव होला। कसैसँग अहम टक्कर नहोस् यस कुराको ध्यान राख्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको दिन लाभदायक छ। घरको क्षेत्र तथा व्यवसायको क्षेत्रमा आनन्दमय वातावरण रहला। शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ। व्यवसायमा लाभ मिल्नेछ। सरकारी कार्यमा लाभ होला। तपाईले धेरै क्षेत्रमा प्रसिद्धि र ख्याति पाउनुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन पूर्ण रूपले शुभ फलदायी छ। विदेशस्थित आफन्तको खबरले मन प्रफुल्लित हुनेछ। धार्मिक यात्रा होला। तपाईको मनमा रहेको कार्य-योजना पूर्ण हुनेछ। व्यवसायी वर्गलाई व्यवसायमा लाभ होला। तपाईको दिन पूर्ण रूपले शुभ फलदायी छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको सारा दिन शुभफलदायी रहला। रिस र बोलीमा ख्याल राख्नु पर्ने हुन्छ। परिवारका सदस्यसँग बहस नगर्नुहोला। दिउँसो पछि तपाईं आफन्त र साथीभाईसँग अत्यन्तै खुशीसाथ समय बिताउनु हुनेछ। धार्मिक यात्रा हुन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दैनिक गतिविधिले शान्ति प्रदान गर्नेछ। कुनै मनोरंजक स्थलमा मित्र वा परिचितसँग रमाईलो गर्नुहुन्छ। व्यापारमा सहकर्मीको व्यवहार राम्रो रहनेछ। तर दिउँसो पछि तपाईको स्वास्थ्य बिग्रन सक्छ। परिवारसँग मतभेद हुँदा मन दुख्नेछ। बोलीमा ध्यान राख्नुहोला। आर्थिक खर्च हुन सक्ला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah