विपक्षी गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताले संविधान र लोकतन्त्रको रक्षा, बाह्य हस्तक्षेपको अन्त्य र प्रतिगमन रोक्न गठबन्धनलाई थप सुदृढ बनाएर जाने रणनीति बनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा आइतबार बसेको बैठकमा उत्पन्न भ्रम चिर्ने र गठबन्धन थप बलियो बनाएर जाने रणनीति बनेको हो ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले बैठकमा लोकतन्त्रको रक्षा र प्रतिगमनलाई परास्त गर्ने उद्देश्यले बनेको गठबन्धनको औचित्य थप पुष्टि भएको र यसलाई थप सुदृढ बनाउने निर्णय भएको जानकारी दिए । ‘यतिवेला गठबन्धनको काँधमा प्रतिगमन परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने दायित्व आएको छ । बढ्दो बाह्य हस्तक्षेप रोक्नुपर्ने स्थिति पनि छ । यसका लागि गठबन्धनलाई थप सुदृढ गर्ने सहमति बनेको छ,’ नेता श्रेष्ठले भने ।

बैठकले गठबन्धनलाई अझै व्यवस्थित रूपमा अघि बढाउने निष्कर्ष निकालेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘अहिले संविधान र लोकतन्त्र मास्ने जुन ग्रान्डडिजाइन भइरहेको छ । त्यसलाई रोक्न गठबन्धन थप एकजुट भएर सामना गरेर जाने निष्कर्षमा पुगेका छौँ,’ बैठकपछि जसपा नेता श्रेष्ठले भने, ‘अहिले संघदेखि विभिन्न प्रदेशहरूसम्म फैलिएको गठबन्धनलाई अझै मजबुद गरौँ र अघि बढौँ भन्ने साझा धारणा छ ।’

साँझ ५ बजे बुढानीलकण्ठ पुगेका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गर्दै आफ्नो पार्टीले गठबन्धनलाई थप मजबुत बनाएर अगाडि बढ्ने निर्णय लिएको जानकारी दिएका थिए । ‘हाम्रो केन्द्रीय समितिमा गठबन्धनबारे छलफल भयो । यसलाई थप मजबुत बनाएर संविधान र लोकतन्त्रको रक्षाका निमित्त काम गर्नुपर्ने विषयमा साथीहरूले जोड दिनुभएको छ,’ बैठकको सुरुमै देउवाले भनेको उद्धृत गर्दै एक नेताले भने, ‘ओलीजीले अनेक ग्रान्डडिजाइन रचेर संवैधानिक निकायहरूलाई कब्जा गर्ने, स्वतन्त्र अदालतलाई समेत प्रभावित गर्नेजस्ता कदम चाल्नुभएको छ । यसका विरुद्ध हामीले एकताबद्ध प्रतिवाद गर्नुपर्ने हुन्छ ।’

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू गठबन्धनबाट बाहिरिने सम्भावना नरहेको स्पष्ट पारेका छन् । बैठकमा एमाले एकताको सम्भावनाबारे प्रश्न उठेपछि नेता नेपालले तत्कालै आफूहरूले गठबन्धनबाट बाहिरिनुपर्ने कुनै कारण नरहेको बताएका थिए । ‘हामी मिल्न सक्छौँ, तर त्यसको आधार जेठ २ मा फर्किनु होइन । अब मुख्य मुद्दा प्रतिनिधिसभा पुनस्र्थापना हो । २ जेठमा फर्किने अमूर्त कुराले हाम्रो एकता सम्भव छैन,’ नेता नेपालले भनेको उद्धृत गर्दै एक नेताले भने, ‘गठबन्धनमा एउटा विश्वासको वातावरण तय गरौँ, एकताबद्ध बनाएर प्रतिगमनको प्रतिवाद गरौँ ।’ यसअघि ३१ जेठमा आफ्नै निवासमा गठबन्धनको बैठक डाकेर नेता नेपालले आफू गठबन्धनमै रहेको सन्देश दिएका थिए ।

त्यसपछि नेताहरूले समसामयिक राजनीतिक विषयहरूमा पालैपालो आ–आफ्नो धारणा राखेका थिए । नेताहरूले सरकारले सर्वोच्च अदालत र संवैधानिक निकायहरूलाई दबाब र प्रभावमा राख्ने कार्य गरेकाप्रति चनाखो हुनुपर्ने धारणा राखेका छन् ।

‘प्रधानमन्त्रीजीले स्वतन्त्र अदालतलाई धम्क्याउने, संवैधानिक निकायलाई दबाब र प्रभावमा राखेर निर्णय गराउने काम गर्नुभएको छ । अहिले निर्वाचन आयोगले गरेका निर्णय निष्पक्ष रूपमा भएको छैन,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘बैठकमा सरकारले संवैधानिक आयोगहरूलाई कब्जा गर्ने नियत देखाएकोप्रति गम्भीर ध्यानाकर्षणसहित छलफल भएको छ ।’ नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah