झापा। झापामा निषेधाज्ञा खुकुलो पारेपछि सर्वसाधारण खुलेआम हिनडुल गर्न थालेका छन् । तर, जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम भने अझै टरेको छैन । जिल्लामा शुक्रवार मात्रै थप चार जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी ८८ वर्षीय पुरुष, मेचीनगर नगरपालिका २ निवासी ६० वर्षीय पुरुष, बिर्तामोड नगरपालिका १ निवासी ८८ वर्षीय पुरुष र इलाम रोङ गाउँपालिकाका ७० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै आज ४२ महिलासहित ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थपिएका सङ्क्रमितमध्ये दमकमा ७ महिलासहित १२ जना, बिर्तामोडमा १३ महिलासहित ३९ जना, गौरादहमा २ जना महिला, मेचीनगरमा ६ महिलासहित १४ जना, भद्रपुरमा ३ महिलासहित १० जना, कनकाईमा ५ महिलासहित ७ जना, अर्जुनधारामा २ महिलासहित ५ जना, गौरीगञ्जमा १ जना पुरुष, कमलमा ३ महिलासहित ४ जना, शिवसताक्षीमा १ जना महिला, बाह्रदशीमा २ जना पुरुष र ठेगाना नखुलेको १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १३४४९, डिस्चार्ज ११५१४, आइसोलेसनमा १६१९ जना, कुल संक्रमित एन्टिजेन १९५६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या ३३८ जना र आज निको भएर घर फर्किएका १३५ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय