नेकपा एमालेको स्थायी समिति बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको छ ।

बिहान नौ बजेका लागि बोलाएको बैठक साढे १० बजेपछि मात्रै सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेताहरु आउन ढिला भएपछि केही ढिलागरी बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टी एकता, सर्वोच्च अदालतले गरेका पछिल्ला फैसला लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि जेठ अन्तिमसाता बसेको एमाले स्थायी समिति बैठक बीचैमा स्थगित भएको थियो ।

त्यहीबीचमा एकता प्रक्रियाका लागि भन्दै अध्यक्ष केपी ओलीले ६ बुँदे प्रस्ताव अघि सारेपनि उनले माधव नेपाल झलनाथसहितको बैठक बोलाएका छैनन् ।