कोरोना

२४ घण्टामा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण, ३ हजार ८ सय ५३ जना निकाे


  काठमाडौ   सवाल नेपाल   २०७८ असार १४, १९:३४

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३५ हजार एक सय ८८ जना र एन्टिजेन परीक्षणमा ३३ हजार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ५३ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेकाे छ । अहिले नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै काेराेना भाइरसकाे सङ्क्रमणबाट थप ४२ जनाको ज्यान गएसँगै अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५१ पुगेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार