नेपालमा मंगलबार थप २,६३६ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टीजेन परिक्षणका ९०८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४३४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ३५ हजार ३१० सक्रिय संक्रमित आइशोलेशन र ३३८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ३६ हजार ९४६ पिसिआर र १ लाख ८४ हजार ४३० वटा एन्टीजेन परिक्षण भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय