दमक/असार पन्ध्रको अवसर पारेर नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताहरुले आज मंगलबार सामुहिक धान रोपाइँ गरेका छन । संघको दमक नगर कमिटीका अध्यक्ष राम पौडेलको संयोजकत्वमा आयोजना गरिएको सामुहिक धान रोपाइँमा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य अर्जुन राईले धान रोपाइँको शुरुवात गरेका थिए ।

दमक १ स्थित एमाले दमक नगर सचिवालय सदस्य हरि न्यौपानेको खेतमा आयोजित धान रोपाई तथा दही च्यूरा खाने कार्यक्रममा पार्टीका स्थानीय नेताहरु अम्बिका खनाल, नेत्र दाहाल, संघका केन्द्रीय सदस्य जमुना अधिकारी निरौला, तारा गुरागाई, अनेमसंघ नगर अध्यक्ष यमुना गौतमसहित स्थानीय युवा नेता, कार्यकर्ताहरु उल्लेख्य संख्यामा सहभागी भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघका नगर अध्यक्ष पौडेलले तीन घण्टा सम्म लगातार रुपमा धान रोपेर असार पन्ध्र मनाइएको बताए । उनले कृषि कर्म उपेक्षित भइरहेको अवस्थामा धान खेतीलाई प्रोत्साहन गर्न जनचेतना स्वरुप संगठनले सो कार्यक्रम गरेको बताए ।