सजिलो पासवर्ड राख्ने देखि लिएर नचिनेको व्यक्तिलाई व्यक्तिगत विवरण दिने साथै अनावश्यक एपलाई अनुमति दिँदा ध्यान नदिने जस्ता कुराले गर्दा फेसबुक ह्याक हुने गर्छ।
ह्याक हुने कारणहरू:
जथाभाबी लिङ्क क्लिक गर्ने
आफ्नो वालमा वा म्यासेज बक्समा आएको कतिपय लिङ्क भाइरस हुनसक्छ। यसमा जथाभाबी क्लिक गर्दा फेसबुक अकाउन्ट ह्याक हुने सम्भावना एकदम धेरै हुन्छ।
फिसिङ
सिधै फेसबुक ह्याक नगरेर कतिपय लिङ्कले तपाईँको फेसबुक, इमेल वा अन्य पासवर्ड भर्न फारम उपलब्ध गराउँछन्। यस्तो भर्नुभयो भने उनीहरूको हातमा तपाईँको पासवर्ड पुग्छ र उनीहरूले चाहे अनुसार प्रयोग गर्न सक्छन्।
अनावश्यक एप इन्स्टल
मोबाइल वा कम्प्युटर ‘फास्ट’ बनाउने, भाइरस हटाइदिने भन्दै आएका जुन पायो त्यही सफ्टवेयर इन्स्टल गरेमा भने पनि भाइरस वा फिसिङको खतरामा पर्ने साथै अकाउन्ट ह्याक हुने डर हुन्छ।
सजिलो पासवर्ड
आफ्नो नाम, ठेगाना, जन्म मिति, आदि जस्ता सजिलैसँग अरूले पत्ता लगाउने पासवर्ड राखेमा पनि फेसबुक ह्याक हुने सम्भावना एकदम प्रबल हान्छ।
एप्सलाई अनुमति
कतिपय व्यक्तिले एप्सको बारेमा नबुझी जे जस्तो अनुमति पनि दिने गर्छन्। तर फेसबुकमा हुने सबै एप्स सुरक्षित हुन्छन् भन्ने छैन। कुनै कुनै एपको कारणले व्यक्तिगत विवरणको गोपनीयता भङ्ग पनि हुनसक्छ।
स्रोत: इन्टरनेटमा भएका सामग्री
शुभ यात्रा बाट साभार
https://youtu.be/TqYQwCwkUt4










