कोरोना

थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि


  काठमाडौं   सवाल नेपाल   २०७८ असार १७, १७:०७

नेपालमा बिहीवार थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ९०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ । कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४ हजार १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १ सय ४९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३१ हजार ३६८ सक्रिय संक्रमित आइशोलेशन र ३४५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ५१ हजार २६३ वटा पिसिआर र १ लाख ९२ हजार ६६६ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार