काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा उपाध्यक्षको हैसियतमा गौतम बालुवाटार गएका हुन् ।

उनलाई पार्टी उपाध्यक्षकै हैसियतमा बैठकमाा सहभागिताका लागि बोलाइएको थियो । २०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेका थिए ।

यता माधवकुमार नेपाल समूहले भने बैठक रोक्न माग गरेको छ । तर, बैठक भने आजै सम्पन्न हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

नेपालवाचसँग बोल्दै उनले भने, ‘उताकाले सार्न भनेर सारिने र सञ्चालन गर्न भनेर सञ्चालन हुने त होइनन नि । सबैलाई बोलाइएको छ । कोही सहभागी भए पनि नभए पनि बैठक भने सञ्चालन हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय