कोरोना

थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि


  काठमाडौं   सवाल नेपाल   २०७८ असार १८, १७:०४

नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा थप ९०८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ हजार ४ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा २९ हजार २७४ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ वटा पिसिआर र १ लाख ९६ हजार ६९६ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार