राशिफल

हेर्नुहोस असार १९ गते शनिबारको राशिफल, शनिको प्रभावले दिन शुभ-अशुभ कस्तो रहला


  काठमाडौं   सवाल नेपाल   २०७८ असार १८, २०:३१

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाई शारीरिक रुपले चिन्तित महसुस गर्नुहुनेछ। पैसा लगानी गर्नेलाई सावधान रहन आवश्यक छ। मध्यान्नपछि कार्य प्रारम्भ गर्दा सरलता रहनेछ। पारिवारिक वातावरण सुधार हुनेछ। धार्मिक कार्य सम्बन्धित प्रसंग बन्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यवहारिक कार्य सकाउनको लागि शुभ दिन छ। नयाँ साथी बन्नेछ जसको मित्रता लामो समय सम्म रहनेछ। सन्तानको प्रगतिले प्रफुल्लित रहनुहुन्छ। मध्यान्नपछि शारिरिक एवम् मानसिक स्वास्थ्यमा समस्या रहनेछ। आफन्तसँग भेट हुँदा खर्च हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

व्यापारी-वर्गको लागि शुभ दिन छ। व्यापार फस्टाउदा व्यापारी खुशी रहनेछन्। लक्ष्मी माताको कृपादृष्टि रहनेछ। मध्यान्न पछि कुनै रमणीय स्थलमा भ्रमण हुने योग छ। उच्च अधिकारीको कृपादृष्टिले व्यवसायमा कार्यसफलता र लाभ प्राप्त होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिनको प्रारम्भ मानसिक तनाव र अशान्तिपूर्ण हुनेछ। शारीरिक रुपले आलस्य र शिथिलता रहनेछ। पेट सम्बन्धित समस्या रहँदा निराश रहनुहुन्छ। कुनै पनि कार्यमा भाग्यले साथ नदिएको जस्तो अनुभव हुन सक्ला। मान-प्रतिष्ठा र उच्च पद प्राप्त होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको लागि दिन मध्यम फलदायी छ। अनैतिक कार्यहरूबाट टाढा रहनुहोला। आकस्मिक धन लाभ हुन सक्ला। सन्तानको विषयमा चिन्ता रहनाले अनावश्यक खर्च हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। नकरात्मकतालाई आफुभन्दा टाढा राख्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कलाक्षेत्रको प्रदर्शन एवम् सामाजिक दृष्टिले प्रसिद्दि र मान-सम्मान प्राप्त हुनेछ। व्यवसायिक क्षेत्रमा साझेदारको सहयोग प्राप्त हुनेछ। मनोरंजनको क्षेत्रमा दिन आनन्दमय रहनेछ। ईश्वरभक्ति र आध्यात्मिक चिन्तनले मनमा शान्ति प्रदान गर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन शुभ फलदायी छ। हरेक कार्य दृढ मनोबल र आत्मविश्वासपूर्वक गर्न सक्नुहुन्छ। मनलाई शान्त राख्नुहोला। घरमा आनन्दमयी माहोल रहनेछ। कलाकारको लागि दिन शुभ छ। बाहिरी क्षेत्रमा प्रसिद्दि प्राप्त होला। कुनै ठाउँमा भ्रमण हुँदा प्रफुल्लित रहनुहुन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विधार्थीको लागी समय अनुकुल छ। शेयरमा पैसा लगानी गर्नुहुन्छ। तपाईमा दृढ मनोबल र आत्मविश्वास भरिपूर्ण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। प्रतिस्पर्धी समक्ष विजय प्राप्त हुनेछ। साहित्यिक प्रवृत्तिको लागि दिन शुभ छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

व्यवहार गर्दा सावधान रहनुहोला। आमाको स्वास्थ्यमा भएको परिवर्तन र परिवारको व्यवहारले नकरात्मक असर पर्न सक्ला। मध्यान्नपछि सिर्जनात्मक प्रवृत्ति तर्फ आकर्षित हुनुहुनेछ। विधार्थीको लागि शुभ दिन छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

जीवनसाथीसँग व्यवहार अधिक मधुरतापूर्ण रहनेछ। मित्रसँग घुम्न जानुहुनेछ। मान-सम्मान वृद्दि हुनेछ। मध्यान्नपछि आकस्मिक दुर्घटनाको कारण मानसिक स्वास्थ्य परिवर्तन हुनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यवसाय नफस्टाउदा व्यवसाय सम्बन्धि चिन्ता रहला। हरेक कुराको सोच विचार गरी निर्णय लिनुहोला

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईले केहि खर्च गर्नुभन्दा पहिला सोच्नुपर्नेछ। साथै नकरात्मक विचारलाई मनबाट टाढा गर्नुहोला। कुनै सिर्जनात्मक वा कलात्मक प्रवृत्ति तर्फ मोडिनुहुनेछ। परिवारमा सुख-शान्तिपूर्ण वातावरण रहनेछ। कसैसँग वाद-विवादमा नउत्रिनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको घरमा धार्मिक कार्य हुनेछ। परिवारमा आनन्दमय वातावरण हुनुको साथै कार्य सफल हुनेछ। तपाईले आफ्नो शारीरिक र मानसिक स्वास्थ्य दुवैको ख्याल राख्नुपर्ने हुन्छ। नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ छ। मध्यान्न पछि क्रोधित भएपनि बोलि र व्यवहारमा ध्यान राख्नुपर्ने हुन्छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार