झापा । झापामा कोरोना भाइरसको सङ्क्रमणबाट शनिवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१३ का ६८ वर्षीय वृद्ध पुरुष र हल्दिबारी गाउँपालिका–१ की ८६ वर्षीया वृद्धा महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै आज १३ महिलासहित ५१ जनामा संक्रमण भएको छ ।

दमकमा ६ महिलासहित १७ जना, बिर्तामोडमा २ जना पुरुष, मेचीनगरमा २ महिलासहित ५ जना, भद्रपुरमा २ सहित ५ जना, कमलमा २ महिलासहित ४ जना र शिवसताक्षीमा १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १४१३८, डिस्चार्ज १२३९७, आइसोलेसनमा १४११ जना, कुल संक्रमित एन्टिजेन २३३३ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या ३५७ जना र आज निको भएर घर फर्किएका ७५ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय