मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक- मानसिक स्वास्थ्य स्वस्थ रहला। पारिवारिक सदस्यसँग स्वादिष्ठ भोजन गर्नुको साथै आनन्दपूर्ण समय बिताउने योग छ। आर्थिक मामिलामा भविष्यको लागि योजना बनाउनु हुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन उर्जा तथा प्रसन्नतापूर्ण रहनेछ। स्वास्थ्य स्वस्थ रहनाले सुख र आनन्दको अनुभूति हुनेछ। आफन्त वा मित्रको तर्फबाट उपहार मिल्नेछ। आर्थिक लाभ होला। वैवाहिक जीवनको उत्तम सुख प्राप्त गर्न सक्नुहुन्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

संवेदनशिल र विचारपूर्ण व्यवहारले अनिष्टबाट बचाउन सक्नुहुन्छ। तपाईले बोली र व्यवहारको ख्याल राख्नुपर्ने हुन्छ। शारीरिक कष्टले मनलाई अस्वस्थ बनाउनेछ। परिवारमा झगडापूर्ण वातावरण रहनेछ। आध्यात्मिक व्यवहारले मानसिक शान्ति दिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आकस्मिक धन प्राप्ति र बहुविधि लाभबाट भरिपूर्ण दिन रहनेछ। तपाईको दिन आनन्ददायक र रोमान्चक रहनेछ। आय वृद्दि हुनेछ। व्यापारीलाई व्यापारमा नाफा होला। विवाह गर्न उत्सुक व्यक्तिको लागि विवाहको योग छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको काम ढिलो भएता पनि सफलता मिल्नेछ। कार्यालय वा घरमा उत्तरदायित्वको बोझ बढ्नेछ। जीवनमा अधिक गम्भीरता अनुभव गर्नुहुनेछ। पितासँग मतभेद उत्पन्न होला। शुभ अवसरको आयोजन गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शरीरमा थकान , आलस र चिन्ताको अनुभव हुनेछ। सन्तानसँग मतभेद वा मनमुटाव हुनेछ। स्वास्थ्यको चिन्ताले सताउनेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ। राजनीतिक कठिनाइको सामना गर्नुपर्नेछ। अफिसमा उच्च अधिकारीसँग वाद विवाद होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यको ध्यान राख्नुपर्नेछ। रिस र कामवृत्तिमा ध्यान राख्न आवश्यक छ। आकस्मिक धन लाभ हुनेछ। समयमा भोजन गर्न ढिलाई हुनेछ। तपाईको अत्यधिक खर्च होला। स्त्री तथा जलाशयबाट टाढा रहनुहोला। खराब व्यवहारको कारण झगडा हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पेसा र व्यवसायको क्षेत्रमा लाभ नै लाभ होला। यसका साथै मित्र, आफन्त र वृद्दबाट लाभ प्राप्तको संकेत छ। सामाजिक समारोहमा जानुहुनेछ। अविवाहितको विवाह हुने योग छ। सांसारिक जीवनको आनन्द अनुभव होला। आयको स्रोत बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक र व्यापारिक आयोजन गर्नको लागि दिन शुभ छ। कार्य सरलतापुर्वक सफल हुनेछ। परोपकारको भावना रहनेछ। पेसा-व्यवसायमा उन्नति र मान-सम्मान प्राप्त हुनेछ। घरायसी जीवनमा आनन्द नै आनन्द अनुभव होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन मिश्र फलदायी साबित हुनेछ। बौद्दिक कार्य र व्यवसायमा नयाँ विचारधारा अभ्यासमा ल्याउनु हुनेछ। लेखन र साहित्यसँग सम्बन्धित प्रवृत्तिमा तपाईको सिर्जनात्मकता देखिनेछ। तरपनि मनको कुनै कुनामा अस्वस्थ अनुभव होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नकरात्मक विचारले मनमा निराश भावना उत्पन्न होला। बोलीमा ध्यान नरहेको कारण परिवारमा मनमुटाव र झगडा होला। स्वास्थ्य खराब हुनेछ। दुर्घटनाबाट बच्नुहोला। ईश्वरको नाम स्मरण र आध्यात्मिक पठन र मानसिक शान्ति दिनेछ। खर्च बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन सुख-शान्तिले बित्नेछ। श्रीमान-श्रीमती बीच दाम्पत्यजीवनमा निकट अनुभव होला। मित्र तथा आफन्तसँग भेट हुनेछ। सार्वजनिक जीवनमा प्रगति मिल्नेछ। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ। प्रेमीसँग रोमान्स अधिक प्रगाढ हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah