झापा – झापाको बिर्तामोडमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ।

विद्युत मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बिर्तामोडका कर्मचारी कुलप्रसाद भट्टराईको मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्राविधिक पदमा कार्यरत भट्टराई बिर्तामोड ५ निवासी हुन् ।

बिर्तामोड नगरपालिकाको गरामनीमा बुधबार बिहान मिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। घाइतेलाई उपचारका लागि बिएण्डसी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।