मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवम सन्तानको प्रगति हुनेछ । यात्रामा खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको अन्त्यमा भने साथीभाइ भेटघाट एवम पारिवारिक व्यस्तता बढ्नेछ । धनको सहयोग मिल्नाले तनाव कम हुनेछ ।

वृष-छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी कामबाट फाइदा मिल्नेछ । आत्मबल बढ्नाले काममा प्रगति देखिन्छ । साताको मध्यमा भने पारिवारिक मनमुटाव एवम स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवम कला साहित्यमा विशेष रुचि जाने छ ।

मिथुन-बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम इष्टमित्रबाट सहयोग पाइनेछ । काममा व्यस्ता बढ्ने एवम जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने घरायसी वादविवाद बढ्ने एवम महिला वर्ग शत्रुता हुन सक्नेछ । प्रेममा समस्या एवं पैतृक धनमा किचलो आउनेछ ।

कर्कट-पहिचान स्थापित हुनेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । मनोरञ्जनमा खर्च हुने एवम घुमफिरमा मन जानेछ । व्यापार व्यवसायमा वृद्धि हुनाले धनको जोहो हुनेछ । साताको अन्त्यमाभने व्यावसायिक यात्रा एवम वैदेशिक काममा शुभ समाचार मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।

सिंह-आर्थिक व्यय बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्रामा सास्ती मिल्नेछ । साताको मध्यमा भने व्यवसाय फस्टाउने एवम धन सम्पति प्राप्ती हुनेछ । सवारी सुख एवम भोग विलासमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने, रोजगारीमा सफलता एवम जागिरमा उन्नतीका साथै काममा मानसम्मान मिल्नेछ ।

कन्या-मनग्य आम्दानीहुनेछ । व्यवसायमा फाइदा हुनाले ऋणको बोझ कम हुनेछ । साताको मध्यमा भने खर्चले तनाव हुने एवम झुटो आरोप लाग्नेछ । मनमा चिन्ता बढ्नाले फाइदा अरुलाइ हुनेछ । साताको अन्त्यमा भने अधुरा कामबन्ने, व्यवसायमा राहत मिल्ने एवम अरुको काममा समय बढी खर्च हुनेछ ।

तुला-सरकारी क्षेत्रमा फाइदा मिल्नेछ । ठुलाबडाले साथ दिनाले पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत मिल्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ । जग्गा जमिन एवम कृषिबाट आम्दानी बढी हुनेछ । साताको अन्त्यमा भने धनको क्षय हुने, व्यर्थ खर्च गर्नुपर्ने एवम शारीरिक पीडा एवम यात्रामा व्यवधान हुनेछ ।

वृश्चिक-भाग्यले साथ दिनेछ । धर्मकर्ममा रुचि जाने छ । सामाजिक एवम पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवम पहिचान स्थापित हुनेछ । जागिर एवम रोजगारीको अवसर मिल्नेछ । आफन्तको धनको सहयोगबाट आँटेको काम पूरा बढ्नेछ । आम्दानी बढ्नाले नयाँ सरमान प्राप्ती हुनेछ ।

धनु-कार्यमा ढिलासुस्तीआउनेछ । दुष्मनी गर्नेहरु अगाडि सर्नेछन् । गरेको काममा अपजस मिल्नाले सामाजिक प्रतिष्ठा गिर्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ पारिवारिक साथ मिल्ने एवं जीवन साथीबाट आर्थिक सहयोग मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ एवम कार्यको कदर हुनेछ । नाम र दाम दुवै कमाइने योग देखिन्छ ।

मकर-पारिवारिक भेटघाटबन्नेछ । प्रेम सुखमा वृद्धि एवम व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवम काममा उल्झन आउनेछ। अधुरा काम रहनाले घाटा बेहोर्नु पर्नेछ । साताको अन्त्यमा भने धार्मिक यात्रा हुनेछ । परोपकारमा मन जाने एवम भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।

कुम्भ-घर बाहिरको काममा व्यस्ता बढ्नेछ । खेलकुदमा मन जाने एवम स्वास्थ्यमा सुधार हुनेछ । विरोधीहरुले बाटो प्रेममा खुशियाली बढ्नेछ । साझेदारी व्यवसायमा नाफा मिल्नेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । साताको अन्त्यमा भने अवरोधको सिर्जना, ऋण लाग्ने एवम अरुको अपजस आफूलाई लाग्नेछ ।

मीन-कृषि एवं माटोबाट धनार्जन हुनेछ । अध्ययनले सफलता पाउनेछ । सांगितिक क्षेत्रमा प्रगति एवम सन्तानबाट सहयोग मिल्नेछ । ऋणको भार कम हुने एवम व्यवसायमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्ने एवम पारिवारिक सहयोग मिल्नाले आँटेको काममा प्रगति हुनेछ । नयाँ काममा लगानीको योजना बन्नेछ ।

प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय