साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ । ज्योतिषशास्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।

पहाड तथा काठमाडौंका हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ ।

साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ ।

महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।

हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् ।

साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ ।

यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म–कर्मको महिनाका रूपमा लिइन्छ ।

यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ ।

तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गरिन्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

यसपटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार छन् । यसपाली साउन ३२ सम्म छ । ५ ओटा सोमबार पर्नु भनेको साउन महिना नै विशेष हो ।

साउनको ब्रतले धेरै राम्रो फल दिन्छ । त्यसै पनि यसपाली ५ ओटा सोमबार परेकोले साउन विशेष छ ।

साउनको ब्रत यी ६ राशिको लागि फलदायी रहने छ ।

मेष राशि

वृष राशि
तुला राशि
धनु राशि
मकर राशि
मीन राशि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah