मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शारीरिक तथा मानिशिक अवस्थताको अनुभव हुनेछ । जिद्दीपना तथा रिशलाइ संयम राख्नु होला । अधिक परिश्रमको अन्त्यमा कममा सफलता मिल्नाले निराशा निम्त्याउँछ। सन्तानको चिन्ता बढ्नेछ । पेट सम्बन्धि समस्याले सताउन सक्छ। यात्रामा अवरोध हुन सक्छ। सरकारी कार्यमा सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हरेक कार्यमा दृढ विश्वास र अटल मनोबलको साथ काम सुरु गर्नाले सफलता मिल्नेछ। पैतृक सम्पत्तीबाट लाभ हुनेछ। सरकारी क्षेत्रमा गरेको व्यापार बाट लाभ हुनेछ । पढाईमा राम्रो गर्न सक्नु हुनेछ । खेलकुद र कला क्षेत्रमा आफ्नो प्रतिभा देखाउन को लागी मौका प्राप्त हुनेछ । सन्तानको लागि धन खर्च हुनसक्छ ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ योजनाहरू कार्यान्वयन गर्न शुभ दिन रहेको छ । नोकरी पेशामा भएका मित्रहरुको लागि उच्च पदाधिकारी तथा सरकारको तर्फबाट तपाइको परिश्रमको राम्रो फल मिल्नेछ । आफन्त तथा साथि भाइहरु सँग दिन रामाइलोमा बित्नेछ। भाग्यवृद्धिको लागि बिभिन्न अवसर मिल्नेछ । रमाइलो यात्रा हुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बेकारको वादविवाद र नकारात्मक व्यवहारको कारण मन खिन्न हुन सक्छ । स्वास्थ्यमा विशेष गरी आँखामा समस्या हुनसक्छ । परिवारक सदस्य सँग मनमुटाव हुनसक्छ। आकस्मिक धन खर्च हुनसक्छ । मनमा नकारात्मक बिचार आउने हुदा मनलाई संयम राख्नुहोला । बिद्यार्थीहरुको लागि अध्यन सफलता मिल्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाइ भोलि कुनै पनि काममा आत्मविश्वासको साथ निर्णय लिनसक्नु हुनेछ । आफू भन्दा ठुला तथा बाबुबाट सहयोग प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। टाउको तथा पेट सम्बन्धि समस्याले सताउन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भोलि तपाईको अहंकारको कारण विवादमा फस्नसक्नु हुन्छ । भोलिको दिन तपाइलाई मानशिक तथा शारीरिक तनाव बढ्ने छ । स्वास्थ्यमा समस्या हुदा काममा समस्या आउने हुनसक्छ । आफन्त सँग खट-पट हुनसक्छ। आकस्मिक धन खर्च हुनसक्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाइको भोलिको दिन शुभ तथा लाभदएक हुनेछ । साथी भाइसँग रमाइलो भेटघाट तथा रमाइलो यात्रा हुनेछ । आफन्तमा खुशीको वातावरण हुनेछ। पुत्र तथा पत्नी बाट खुशी र सन्तुष्टि अनुभव गर्नुहुनेछ। नोकरी तथा व्यवसायको क्षेत्रमा आम्दानी बढ्ने छ। ब्यापार बृद्धि हुने अवसरहरू मिल्नेछ । अबिवाहितहरुको लागि बिवाहको योग बन्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
घरेलु जीवनको अर्थ बुझ्नुहुनेछ। घरमा शान्ति र खुशीको वातावरण हुनेछ। तपाइले गरेका कार्यमा सफलता मिल्नेछ । व्यापारीहरूको लागि व्यापारमा राम्रो अवसर मोल्नेछ । आयमा वृद्धि हुनेछ । नोकरी गर्नेको लागि प्रगतिको अवसर मिल्नेछ। काममा आफूभन्दा ठुलाको प्रोत्साहन मिल्नेछ । स्वास्थ्य राम्रो हुनेछ । मान प्रतिष्ठा बढ्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्वास्थ्यको बिशेस ध्यान दिनुहोला । काममा जोस जागर कमहुनेछ। सन्तानको समस्याको कारण मनमा चिन्ता बढ्नेछ। व्यापार र काममा समस्या सिर्जना हुनसक्छ । कार्यमा सफलता मिल्नेछ। बिरोधि तथा उच्च अधिकारीसँग बिवादमा फस्ने हुदा सतर्क रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नकारात्मक सोचबाट टाढा रहनुहोला । रिशलाइ कम गर्नाले धरै आपत बाट बचाउछ । अचानक बसाइ सराइको योग बन्नेछ। धन खर्च हुनेछ । नयाँ सम्बन्ध बनाउनु राम्रो हुदैन । खान-पानमा बिशेस ध्यान दिनुहोला । अन्यथा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रशासनिक कार्यमा तपाइको दक्षता देखिने छ। अचानक धन लाभ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाइको भोलिको दिन खुशी साथ बित्नेछ। आत्मविश्वास बढ्नेछ । जसको कारण सफलता प्राप्तिको लागी सजिलो हुनेछ । बिपरित लिंगी सँग परिचय तथा रमाइलो गर्ने सम्भावना रहेको छ । छोटो यात्रा हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मनपर्ने खान तथा वस्त्र प्राप्त हुनेछ। सहभागिता बाट लाभ हुने योग बनेको छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आत्मबिस्वासको कारण तपाइको कार्यमा सफलता मिल्नेछ । परिवारमा खुशी शान्ति र आनन्दको वातावरण हुनेछ। रिशको कारण बोलीमा र व्यवहारमा उग्रता आउन सक्छ। नोकरीमा तपाइको प्रभुत्व हुनेछ। प्रतिस्पर्धीहरुको अगाडि विजय प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य सुधारको अनुभव गर्नु हुनेछ।



