काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालयले राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको विज्ञप्ति केही समयमै आउने जानकारी गराइएको छ।

यसैबीच, राष्ट्रपतिको कार्यालयले देउवाको सपथको तयारी समेत गरिरहेको छ । यसअघि सोमबार सर्वोच्च अदालतले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो । प्रतिनिधिसभा विघटन बदर गर्दै संवैधानिक इजलासले आज मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त हुनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले आजै प्रधानमन्त्री निवास बालुवटार छाड्ने तयारी गरिरहेनु भएको छ भने अहिले २ बजे राष्ट्रका नाममा सम्बोनध गर्ने कार्यक्रम समेत छ ।