प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई आफूलाई स्वीकार गर्ने बताएका छन् । तर, फैसलाका प्रावधान र भाषाले लोकतान्त्रिक प्रणालीप्रति विश्वास राख्नेहलाई चिन्तित बनाएको ओलीको भनाइ छ ।
मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन मार्फत जनताका प्रतिनिधि चयन हुनु र जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुनु सबैभन्दा महत्त्वपूर्ण प्रावधान भएको बताए । उनले जनताका ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरङ्कुश र कानुन अपव्याख्यामाथि आधारित भएर सरकार बन्ने बनाउने बनाउने परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ लान सक्ने चिन्ता व्यक्त गरे ।










