विराटनगर । विराटनगरबाट हतियार र लागूऔषधसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल रहेका छन् ।

प्रहरीका अनुसार प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेलको साथबाट एउटा कटुवा पेस्तोल लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।

बुधबार राति शंकास्पद रूपमा पैदल नेपाल प्रवेश गरेका पटेललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा  हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले पटेललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध लागूऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah