एजेन्सी । कहिलेकांही मानिसहरु आफ्नो काममा व्यस्त भएकाले वा अरु कुनै कारणले पनि लामो समयसम्म पिसाब रोकेर बसिरहेका हुनसक्छन् । तर, उनीहरुलाई के थाहा नहुन सक्छ भने यसले उनीहरुको शरीरलाई निकै ठूलो नोक्सानी पुर्याइरहेको छ । कयौँ अध्ययनहरुले के देखाएका छन् ।

यस्ताछन् लामो समय पिसाब रोक्दाहुनेसमस्या:

१) यसका कारण पेटमा दुखाइ बढ्न सक्छ । ब्ल्याडरमा भएको प्रेसरका कारण पनि यो समस्या बढ्न सक्छ । यो समस्या हाम्रो मिर्गौलासम्म पनि पुग्न सक्छ । पिसाब रोकेका कारण भएको दुखाइ जान निकै लामो समय लाग्न सक्छ ।

२) पिसाबलाई लामो समयसम्म रोकिरहँदा हाम्रो ब्ल्याडरको साइज पनि बढ्न सक्छ । यसले अर्को गम्भीर समस्या निम्त्याउने सम्भावना हुन्छ ।

३) पिसाब रोक्दा हाम्रो मुत्रथैलीमा इन्फेक्सन पनि हुनसक्छ । त्यस्तै हाम्रो मिर्गौलामा हुने पत्थरीका लागि पनि पिसाब रोक्दा समस्या हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय