नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो ।

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको छ ।