काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार बाहिर एमाले बैठक बसेको हो ।
बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताएका छन् । ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।
बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।










