काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु स्थायी कमिटी बैठक रोक्न माग गर्दै तुलसी प्रतिष्ठान पुगेका छन् ।

केही समयअघि  सुरु भएको स्थायी कमिटी बैठक रोक्न माग गर्दै नेपाल पक्षका कार्यदल सदस्यहरु ललितपुरस्थित तुलसी प्रतिष्ठान पुगेका हुन् ।नेता रावलले आफूहरु बैठक रोक्नका लागि आएको बताएका छन् । ‘हामी बैठक रोक्नुहोस भन्न आएका हौँ’, नेता रावलले भने ।

अर्का नेता भीम आचार्य आफूहरु सुझाव दिन आएको बताएका छन् । नेताहरू भीम रावल,  घनश्याम भुसाल, गोकर्ण विष्ट र आचार्य बैठक कक्षमा प्रवेश गरेका छन् ।

बैठकमा उनीहरुले आफ्ना धारणा राख्नेछन् । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा बैठक बोलाउनुपर्ने माग गरेको छ । तर, अध्यक्ष ओलीले आज दिउँसो ३ बजेका लागि एमाले संसदीय दलको बैठकसमेत बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय