काठमाडौँ । हिन्दु धर्मको १० प्रमुख नियम रहेको छ ः १.ईश्वर भक्ति २.सन्ध्योपासना ३.व्रत ४.तीर्थ ५.चाड ६.दान ७.यज्ञ ८.संस्कार ९.सेवा १०.धर्म प्रचार । ईश्वर भक्तिको अर्थ ब्रम्ह शक्तिको सत्यमा समर्पित रहेको छ । सन्ध्या बन्दन एक विशेष प्रार्थना हो जुन आठ प्रहरमध्ये दुई प्रहर खास हुने गर्दछ ।

 

व्रतमध्येमा श्रावण महिनाको उपबास राख्नु सबैभन्दा उत्तम हुन्छ । तीर्थहरुमध्ये चार धाम र काशीको यात्राको नै पुण्य रहेको छ । दानमा अन्नदान श्रेष्ठ, चाडमा मकर सक्रान्ति र कुम्भ पर्व श्रेष्ठ रहेका छन् । यज्ञमा पञ्च यज्ञको सबैभन्दा महत्व रहेको छ । सेवा कार्यमा अनाथ, गरीब, समाज र देशको सेवा र १६ संस्कार अनुरुपनै वैदिक नियमबाट जीवनको महत्वपूर्ण कार्य सम्पन्न गर्न जरुरी रहेको छ । यसैगरी आफ्नो धर्मको प्रचारप्रसार गर्नुपर्छ । यसमध्ये आज हामी व्रतबारे जानकारी दिँदैछौं ।

 

सप्ताहको व्रतमध्ये बिहिबार श्रेष्ठ, पक्षको व्रतमा एकादशी तथा वर्षको व्रतमध्ये चतुर्मास रहेको छ । अझ चतुर्मासमा पनि श्रावण महिना सर्वश्रेष्ठ रहेको छ । श्रावण महिनामा उपाकर्म व्रतको सबैभन्दा महत्व रहेको छ जसलाई श्रावणी पनि भन्ने गरीन्छ ।

 

महिनाभरी व्रत राख्न सकिने

श्रावण महिनामा व्रत राख्नु सबैभन्दा उत्तम मानिन्छ । पाप मिटाउने र मनोकामना पुरा गर्नका लागि यस महिनालाई विशेष मानिन्छ । यसै महिनामा व्रत बस्ने प्रचलनसँगै प्रेरित भएर सबै धर्महरुमा विशेष महिनामा व्रत बस्ने चलनको सुरुवात भयो । जसअनुरुप गुड फ्राइडेको अघि इसाई धर्ममा ४० दिनको उपवास राख्ने गर्दछन् ।

 

इस्लाम धर्ममा रमजान महिनामा रोजे (उपवास) राख्ने गरिन्छ जसलाई एकदमै पवित्र समय मानिन्छ । पुरै श्रावण महिनामा निराहार या फलाहार गर्नेपनि बताइएको छ । यस महिनामा शास्त्रमा उल्लेख अनुसार व्रतको पालन गर्नुपर्छ । आफ्नो तरिकाले तथा आफ्नो मनमानीले व्रत गर्नु राम्रो मानिँदैन । यसबाट टाढा नै रहनुपर्छ । व्रत नै तप हो । यो नै उपवास हो । यी व्रतहरु कसरी तथा कहिले लिने यसको अलग नियम रहेको छ । नियमबाट हटेर जसले मनोमानी व्रत गर्दछ त्यस व्रत तथा उपवासको कुनै धार्मिक महत्व हुँदैन । व्रत लिने गरेमा  जीवनमा कुनै प्रकारको रोग तथा पिडा हुँदैन । व्रतबाट नै मोक्ष प्राप्त हुन्छ । श्रावण महिनालाई व्रतको लागि उपयूक्त मानिन्छ ।

 

सोमबारमात्र व्रत नराख्नु

चतुर्मासको अवधि ४ महिनाको हुन्छ । जुन आषाढ शुक्लपक्ष एकादशीबाट सुरु भएर कार्तिक शुक्ल पक्ष एकादशी सम्म हुन्छ । यो चार महिना ती व्यक्तिका लागि जसले ध्यान, साधना या उपासना गर्दछन् उत्तम मानिन्छ । तर श्रावण महिनामा व्रत राख्नु हिन्दु धर्मको कर्तव्य पनि रहेको छ । यस महिनामा धेरैजसो भक्तजन सोमबार मात्र व्रत राख्ने गर्दछन् ।

 

चार महिना अर्थात चतुर्मासलाई व्रतको महिना यसकारण भनियो उक्त चार महिनामा जहाँ हाम्रो पाचनशक्ति कमजोर हुने तथा खाना र पानीमा जीवाणुको सङ्ख्या पनि बढि हुन्छ । श्रावण, भाद्रपद, आश्विन र कार्तिक उक्त चार महिना रहेको छ । चतुर्मासको सुरुवातलाई ‘देवशयनी एकादशी’ भनिन्छ, र ‘देवोत्थान एकादशी’ लाई चतुर्मासको अन्त्य मानिन्छ । यस चार महिनामध्ये श्रावण महिनालाई सबैभन्दा महत्वपूर्ण मानिँदा अन्य सम्पुर्ण महिनामा पनि व्रत राख्नु पर्दछ । यसो हैन की, सोमबार मात्र व्रत गर्ने अन्य बार चाहीँ खुब खाने । व्रत बस्दा पनि साबुदानाको खिचडी खाने र मस्त दिन बिताउने गर्नुहुँदैन । शास्त्रमा लेखिएको कुरालाई पालन गर्नुपर्दछ । यस महिनाभरी फलाहार गर्नुपर्दछ, या पानीमात्र पिउनुपर्छ ।

 

कसरी बस्ने वर्त ?

यसबखत तल भुइँमा सुत्ने र सुर्याेदय भन्दा अघि उठ्नुपर्दछ । जसलाई एकदमै पवित्र मानिन्छ । उठिसकेपछि राम्रोसँग नुहाउने र धेरै बेरसम्म मौन बस्नुपर्छ । साधुहरुको नियम कडा हुने गर्दछ, जसमा केवल एकपटक मात्र भोजन गर्नुपर्छ ।

 

के गर्नुहँदैन ?

यस चतुर्मासमा विवाह, जातकर्म, गृह प्रवेश आदि सबै शुभकार्य गर्न निषेध गरिएको छ । यस वर्तमा दूध, चिनी, दही, तेल, भन्टा, रेसाभएको तरकारी, नमकीन या मसालादार खाना, मिठाई, सुपारी, मासु, तथा मद्यपान सेवन गरिँदैन । श्रावण महिनामा साग, भाद्रपदमा दही, आश्विनमा दूध, कार्तिकमा प्याज, लसुन र अडहरको दाल आदिको त्याग गरिन्छ ।

 

पछुतो लाग्नेछ

यदी तपाई श्रावण महिनामा व्रतको नियमको पालना गर्नुहँदैन भने तपाई पछुताउनुपर्छ । यो महिना तपाइको स्वास्थ्य तथा मानसिक रुपमा बलियो बनाउँदै पापहरुको नास गर्दछ । यदि तपाई यस महिनाको नियमविरुद्ध अन्न ग्रहण गर्नुहुन्छ भने, र ब्रम्हचर्यको पालन गर्नुहुन्न भने निश्चित रुपमा तपाई गम्भीर रोग या कुनै प्रकारको पिडा भोग्न सक्नुहुन्छ । तपाईलाई भगवान शिवको अपमानको पाप समेत लाग्न सक्छ ।

https://youtu.be/23q6lyIEHrw

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah