कोरोना

आइतबार थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि


  काठमाडौं   सवाल नेपाल   २०७८ श्रावण ३, १७:३१

नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ६ सय २८ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ५७८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ६ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३२ हजार७४ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

हाल २५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ३४० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ वटा पिसिआर र २ लाख ६२ हजार ८३१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार