मुख्य खबर

आठ लाख नौ हजार ६०० डोज खोप लिएर चीनबाट निगमको जहाज आइपुग्दै


  काठमाडौं   सवाल नेपाल   २०७८ श्रावण ७, बिहीबार ०८:२३

काठमाडौं । चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै छ । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।

गएराति गएको जहाज आज आइपुग्ने निगमले जनाएको छ । भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने र खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिनु भयो ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् । यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, आज पनि सोही संख्यामा खोप ल्याउने जनाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार