बिष्णुप्रसाद पोखरेल
झापाको दमकमा धमाधम रुपमा मतपरिणाम आइरहेको छ । एमाले र राप्रपाबीच कडा टक्कर रहेको छ । दमकको वडा नं. १० का जनताले कम मुश्किलले आएर मतदान गरेका छैनन् । त्यो फोटोबाट नै प्रष्ट हुन्छ ।
अझ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा जिल्लामा नै पूल बेगर कहि समस्या नहुने बताएका थिए । यहाँ समस्या रहेछ । चाहे मेयर जो होस दमकको यता तिर ध्यान जान्छ होला । चुनावको समयमा भोट माग्दा पनि यो बिषय उठेको हुनुपर्छ ।
बिहान पानी परेपछि खोलो बढ्दा यहाँका मतदाता नआउदा राजनीतिक दलहरुलाइ कति औडाह परेको थियो त्यो त त्यहाँ रहेकाहरुलाइ नै थाहा छ ।
जितेपछि समस्या सामधानका लागि त्यहि औडाहले काम गर्ला नगर्ला त्यो भने हेर्नु पर्नेछ । दमकमा नै यो अवस्था छ भन्दा धेरैलाइ पत्यार नलाग्ला ।



