मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग पाइनेछ । काममा व्यस्तता बढ्ने एवम जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने घरायसी वादविवाद बढ्ने एवम् महिला वर्ग शत्रुता हुन सक्नेछ ।

वृष- पहिचान स्थापित हुनेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । मनोरञ्जनमा खर्च हुने एवम् घुमफिरमा मन जानेछ । व्यापार व्यवसायमा वृद्धि हुनाले धनको जोहो हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा एवम् वैदेशिक काममा शुभ समाचार मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।

मिथुन- आर्थिक व्यय बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्राम सास्ती मिल्नेछ । साताको मध्यमा भने व्यवसाय फस्टाउने एवम् धनसम्पति प्राप्ती हुनेछ । सवारी सुख एवम् भोगविलासमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने, रोजगारीमा सफलता एवम् जागिरमा उन्नतीका साथै काममा मानसम्मान मिल्नेछ ।

कर्कट- मनग्य आम्दानी हुनेछ । व्यवसायमा फाइदा हुनाले ऋणको बोझ कम हुनेछ । साताको मध्यमा भने खर्चले तनाव हुने एवम् झुटो आरोप लाग्नेछ । मनमा चिन्ता बढ्नाले फाइदा अरुलाइ हुनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, व्यवसायमा राहत मिल्ने एवम् अरुको काममा समय बढी खर्च हुनेछ ।

सिंह- सरकारी क्षेत्रमा फाइदा मिल्नेछ । ठूलाबडाले साथ दिनाले पदप्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत मिल्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ । जग्गा जमिन एवम् कृषिबाट आम्दानी बढी हुनेछ । साताको अन्त्यमा भने धनको क्षय हुने, व्यर्थ खर्च गर्नुपर्ने एवम् शारीरिक पीडा एवम् यात्रामा व्यवधान हुनेछ ।

कन्या- भाग्यले साथ दिनेछ । धर्मकर्ममा रुचि जानेछ । सामाजिक एवक पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवम् पहिचान स्थापित हुनेछ । जागिर एवम रोजगारीको अवसर मिल्नेछ । आफन्तको धनको सहयोगबाट आँटेको काम पुरा बढ्नेछ । आम्दानी बढ्नाले नयाँ सर मान प्राप्ती हुनेछ ।

तुला- कार्यमा ढिलासुस्ती आउनेछ । गरेको काममा अपजस मिल्नाले सामाजिक प्रतिष्ठा गिर्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ एवम् कार्यको कदर हुनेछ । नाम र दाम दुवै कमाइने योग देखिन्छ ।

वृश्चिक- पारिवारिक भेटघाट बन्नेछ । प्रेम सुखमा वृद्धि एवम् व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवम काममा उल्झन आउनेछ । अधुरा काम रहनाले घाटा बेहोर्नुपर्नेछ । साताको अन्त्यमा भने धार्मिक यात्रा हुने, परोपकारमा मन जाने एवम भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।

धनु- घर बाहिरको काममा व्यस्ता बढ्नेछ । खेलकुदमा प्रगति एवम स्वास्थ्यमा सुधार हुनेछ । प्रेममा खुशियाली बढ्ने, साझेदारी व्यवसायमा नाफा मिल्नेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । साताको अन्त्यमा भने अवरोधको सिर्जना, ऋण लाग्ने एवम अरुको अपजस आफुलाई लाग्नेछ ।

मकर- कृषि एवं माटोबाट धनार्जन हुनेछ । अध्ययनले सफलता पाउनेछ । सांगितिक क्षेत्रमा प्रगति एवम सन्तानबाट सहयोग मिल्नेछ । ऋणको भार कम हुने एवम् व्यवसायमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्ने एवम् पारिवारिक सहयोग मिल्नाले आँटेको काममा प्रगति हुनेछ ।

कुम्भ- पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवम् सन्तानको प्रगति हुनेछ । यात्रामा खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको अन्त्यमा भने साथीभाइ भेटघाट एवम् पारिवारिक व्यस्तता बढ्नेछ । धनको सहयोग मिल्नाले तनाव कम हुनेछ ।

मीन- छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी कामबाट फाइदा मिल्नेछ । आत्मबल बढ्नाले काममा प्रगति देखिन्छ । साताको मध्यमा भने पारिवारिक मनमुटाव एवम् स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवम कला साहित्यमा विशेष रुचि जानेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah