राजनीति

जसपाले गर्यो यस्तो निर्णय


  काठमाडौं   सवाल नेपाल   २०७८ श्रावण १४, १८:२८

जसपाले पार्टी सुदृढिकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो । भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिनुभयो ।

अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी हुने उहाले बताउनुभयो । त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको खतिवडाले बताउनुभयो । उहाले जसपाको अर्को पक्षलाई कारवाही नगरेको र उनीहरु आफैनै आधिकारीक पक्षमा नआएको जिकिर गर्नुभयो ।

उहाले सरकारमा जाने बिषयमा भने केहि दिनमा टुङ्गो लाग्ने बताउनुभयो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार