मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

कम समयमा धरै धन प्राप्त गर्ने लोभमा फस्न सकिन्छ सचेत रहनु होला । मनाषिक रूपमा तपाईको एकाग्रता कम हुनेछ। स्वास्थ्यको बिषेस ध्यान दिनु होला । पैसाको लेन-देनमा सजग रहनु होला । चोट पटक तथा भयको सम्भावना रहेको छ । मध्यन पछी खुशी अनुभव हुनेछ । परिवारमा शुख शान्ति छाउने छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

घर तथा सन्तानबाट शुभ समाचार मिल्नेछ । पुराना मित्र भेट हुनाले मन आनन्दित हुनेछ । नायाँ मित्र बन्ने योग छ । व्यवसायमा अधिक लाभ हुनेछ । मध्यान्न पछी शारीरिक तथा मानशिक स्वास्थ्यमा समस्या आउन सक्छ । लेन-देनमा बिषेस ध्यान दिनुहोला । धार्मिक कार्यमा धन खर्च हुनसक्छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

दिन लाभदायक हुनेछ । व्यवसायमा उच्चअधिकारीको कृपा दृस्टीले प्रगति हुनेछ । व्यापार व्यवसाय बढ्ने छ । डुबेको लगानी उठ्ने छ । बाबुको तर्फबाट लाभ हुनेछ । मित्र लाभ हुनेछ । सामाजिक कार्यमा सहभागी भइने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

आफूभन्दा ठुला सँगको संवादमा सचेत रहनु होला । शारीरिक तथा मानशिक स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा बाधा आउन सक्छ । तर मध्यान्न पछी व्यवसायमा समय अनकुल हुनेछ । तपाइको कार्यबाट उच्चअधिकारी प्रशन्न हुनेछन् । आर्थिक दृस्टीले लाभ हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

रिस र बोलीमा संयमता राख्नुहोला । स्वास्थ्यको ध्यान दिनु होला । सरकार विरोधी काममा सहभागी नहुनु होला । मानषिक चिन्ता बढ्ने छ । परिवारमा कलह बढ्न सक्छ । लामो यात्राको योग बनेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

बिहानको समयमा साथी भाइसँग घुमफिरमा समय बित्नेछ । सहकर्मी संगको सम्बन्ध सुमधुर हुनेछ । मध्यान्न पछी स्वास्थ्यमा समस्या आउन सक्छ। स्वास्थ्यको लागि धन खर्च हुनसक्छ । आकस्मिक धन लाभ हुनाले मानषिक चिन्ता कम हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

आज हरेक कार्यमा आत्मबल बढ्नाले गरेका काम सफल हुनेछ । परिवारमा शुख शान्ति छाउने छ । मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।मध्यान्न पछी मनोरंजनमा सहभागी हुने अवसर मिल्नेछ । शारीरिक तथा मानशिक रुपमा स्वस्थ अनभव हुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

मनाषिक रुपमा भाबुक्ता बढ्ने छ । मनाषिक तनाव बढ्ने छ । पढाईमा सफलता प्राप्त हुनेछ । कल्पना सक्ति बढ्नाले साहित्य लेखनमा मन जानेछ । परिवारमा शान्तिको वातावरण बन्नेछ । व्यवसायमा लाभ हुनेछ । सहकर्मीको सहयोग प्राप्त हुनेछ । प्रतिस्पर्धीमा विजयी भइने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

परिवारमा विवाद हुन् सक्छ बोलीमा बिषेस ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउनसक्छ। धन र प्रतिष्ठामा आच आउन सक्छ । मध्यान्न पछी स्वभावमा भावुकता आउने छ । सिर्जनात्मक शक्तिमा सकारात्मक वृद्धि हुनेछ । बिद्यार्थीको लागि समय अलकुल रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

कुनै पनि निर्णय लिदा बिषेस ध्यान दिनु पर्ने समय रहेको छ । साथी भाइसँग भेट हुनेछ । छोटो यात्रा हुनेछ । मध्यान्न पछी प्रतिकूल घटनाहरूले तपाईको दिमागलाई अस्वस्थ बनाउँदछ। शारीरिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । अचल सम्पत्ति कागजात गर्दा सावधान हुनुहोस्। आमाको स्वास्थ्यको बारेमा चिन्ता हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

क्रोध र बोलीमा बिषेस सावधानी अपनाउनु पर्ने दिन रहेको छ । खान पानामा बिषेस ध्यान दिनुपर्ने रहेको छ । नकारात्मक भावनाको वृद्धि हुनसक्छ । रचनात्मक तथा सिर्जनात्मक क्षेत्रमा सम्मान बढ्ने छ । आकस्मिक धन लाभ हुनसक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

दिन शुभ रहेको छ । शारीरिक तथा मानशिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । नयाँ कार्यको आरम्भको लागि शुभ समय रहेको छ । धार्मिक कार्यमा धन खर्च हुनेछ । रमाइलो यात्रा हुनेछ । मध्यान्न पछी कसैसंग विवादमा फस्न सकिन्छ सचेत रहनु होला । धन लेन-देन गर्दा सावधानी अपनाउनु होला । मानसिक रुपमा स्वस्थ अनुभव हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय