अन्तराष्ट्रिय

चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै


  काठमाडौं   एजेन्सी   २०७८ श्रावण १७, १०:४६

काठमाण्डाै – चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो।

पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो । चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको हो ।

गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार