काठमाडौं । नेकपा (माओवादी केन्द्र)को यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम र आवश्यक तयारीका लागि केही समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठक साउन ३० गतेसम्मका लागि स्थगित गरिएको उनले बताए ।

आजको स्थायी कमिटी बैठकले यही साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न पनि निर्देशन दिएको छ ।