१८ असार, काठमाडौं । दोस्रो चरणको चुनाव सम्पन्न भएका ७ उपमहानगरपालिका मध्ये ५ वटामा एमालेले अग्रता लिएको छ । नेपाली कांग्रेसले दुईवटा र राप्रपाले एउटा उपमहानगरपालिकामा अग्रता लिएको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार एमालेले धरान, इटहरी, बुटवल, तुलसीपुर र घोराही उपमहानगरपालिकामा अग्रता लिएको छ ।
नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा अग्रता लिएको छ भने राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकामा अग्रता लिइरहेको छ ।
नेपाली कांग्रेसले सुरुमा धरान र इटहरी उपमहानगरपालिमामा समेत अग्रता लिएको थियो । तर, ती दुबै उपमहानगरमा आइतबार बिहानसम्म एमालेले कांग्रेसलाई पछि पारेको छ ।
बुटवलमा सुरुमा कांग्रेसले अग्रता लिए पनि शनिबारदेखि नै एमालेले अग्रता लिइरहेको छ ।
धनगढीमा कांग्रेसले सुरुदेखि नै अग्रता लिइरहेको छ । सुरुको २० भोट गन्दा स्वतन्त्रले अग्रता लिए पनि कांग्रेसले नै त्यहाँ अहिलेसम्म लिड गरिरहेको छ ।
दाङका दुबै उपमहानगरपालिकामा एमालेले राम्रो नतिजा ल्याइरहेको छ । त्यहाँका तुलसीपुर र घोराही दुबै उपमहानगरपालिकामा एमालेकै अग्रता छ ।
नेपालगञ्जमा राप्रपाका मेयर उम्मदेवार भवल समशेर राणाले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।
७ वटै उपमहानगरपालिकाको पछिल्लो परिणाम यस्तो छ–
१. धरान उपमहानगरपालिका एमालेः तारा सुब्बा– २६१८/मञ्जु भण्डारी – २६१२ कांग्रेसः तिलक रार्इ-२५२१ / श्यामा रेग्मी–२४८७ अइन्द्रविक्रम बेघा– ११८९
२. इटहरी उपमहानगरपालिका एमालेः– द्वारिकलाल चौधरी– ५४३३/लक्ष्मी गौतम ५२९५ कांग्रेसः रोहित प्रसाई– ५३०४/विमला ढकाल ५२७२
३. बुटवल उपमहानगरपालिका एमालेः– शिवराज सुवेदी– ६२८९/गोमा आचार्य ६२८९ कांग्रेसः खेलराज पाण्डे– ६०६३/जगतबहादुर पोखरेल ४३३२ ( माओवादी)
४. घोराही उपमहानगरपालिका एमालेः नरुलाल चौधरी– १३६३१/सीता सिग्देल–१२७८२ कांग्रेसः भूपबहादुर डाँगी– ९९७२/पुष्पा श्रेष्ठ– १२२५६ माओवादीः जीवन गौतम ७५७६/सीता शर्मा– ७८६५
५. तुलसीपुर उपमहानगरपालिका एमालेः– घनश्याम पाण्डे– ६८८७/माया आचार्य ६०२९ कांग्रेसः गेहेन्द्र गिरी– ४८४५/ देविका नेपाली–४९५६
६. नेपालगञ्ज उपमहानगरपालिका राप्रपाः धवलसमशेर राणा– ६५०७/रमारानी वैश्य–४८२९ कांग्रेसः सुरेशकुमार कनोडिया– ३९१२/उमा थामामगर ४८४५ माओवादीेः– दामोदर आचार्य– ३६२४/ कलामुन अन्सारी ३२९६ ७. धनगढी उपमहानगरपालिका कांग्रेसः नृप बड– ३४९७/सुशीला मिश्र भट्ट–४००९ एमालेः– दूर्गा जोशी– २८५४/रुक्मिणी देवकोटा ३५५७










