काठमाडौं, १ कात्तिक । दशैंअघि निर्वाचन आयोगकी आयुक्त इला शर्माको पूर्व निर्वाचन आयुक्त इला शर्मासँगको सम्बन्ध रहेको खबरले चर्चा पाएको थियो । निर्वाचन आयोगकी आयुक्त इला शर्माको भारतीय पूर्व निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह बन्धनमा बाँधिने पक्कापक्की नै भएको भारतीय पत्रिका ‘इण्डियन एक्सप्रेस’ले उल्लेख गरेको थियो ।
इला शर्माको कुरैसीसँगको विवाहको चर्चा यसकारणले चलेको थियो कि शर्मा ४९ वर्षीया र कुरैसी ६९ वर्षका छन् । तर उनीहरु वैवाहिक बन्धनमा नै बाँधिने कुरा भने शर्माले अस्वीकार गरेकी छन् ।
दशैं लगत्तै शितल निवासमा भएको अर्को सम्बन्धले चर्चा पाएको छ । राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम पूर्व राष्ट्रपति डा.रामवरण यादवको नाती अभिषेक यादवसँग विवाह बन्धनमा बाँधिने भएकी छन् ।
राष्ट्रपति परिवारमा गाँसिन लागेको यो सम्बन्धलाई वर्गीय हिसावले पनि तुलना गर्न सकिएला । तर निशाकुसुम र अभिषेक वर्गीय हैसियत मिलेकै कारणले विवाह बन्धनमा बाँधिन लागेका भने होइनन् । उनीहरुको प्रेम सम्बन्ध पुरानै भएको परिवारको दाबी छ ।
निशाकुसुम र अभिषेकबीचको प्रेम सम्बन्धको चर्चा चलिरहँदा आइतबार राष्ट्रपति भवन शितल निवासमै विवाहका लागि ‘इंगेजमेन्ट’ भइसकेको छ । आगामी माघमा विवाह गर्ने गरी राष्ट्रपति र पूर्व राष्ट्रपति परिवारले टिकाटालो गरेका हुन् । राष्ट्रपति कि छोरी र पूर्व राष्ट्रपतिको नातीबीच हुन लागेको विवाहले अर्को एउटा फरक महत्व बोकेको छ । भण्डारी पहाडी समुदायकी हुन् भने यादव मधेसी समुदायका । पहाडी र मधेसी एकै ठाउँमा मिलेर बसेपनि दुई अलग समुदाय भन्ने बुझाइ आम नेपालीमा छ ।
पछिल्लो समय उठेको मधेस आन्दोलनकै कारण मधेसी र पहाडीबीच झनै दुरी बढिरहँदा निशाकुसुम र अभिषेकबीचको सम्बन्धले पहाडी र मधेसीको सम्बन्ध प्रगाढ रहेको सन्देश पनि प्रवाह गर्नेछ । पहाडी र मधेसी समुदायबीच हुन लागेको यो विवाह पहिलो नै त होइन तर राष्ट्रपति परिवारमै गाँसिन लागेको यो सम्बन्धले नयाँ सन्देश दिने देखिन्छ ।
निशा राष्ट्रपति भण्डारीकी कान्छी छोरी हुन् भने अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखि नै सँगसँगै पढेका उनीहरुबीचको विवाहको प्रशंग भने दुई वर्षदेखि चलेको थियो । उनीहरु काठमाडौंको बुढानिलकण्ठ स्कुलकदेखि कै सहपाठी हुन् ।
इन्जिनियरिङ अध्ययन पूरा गरेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट उच्च शिक्षा लिएका छन् भने निशाकुसुम भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् ।
आइतबार शितल निवासमा आयोजित ‘इंगेजमेन्ट कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नी पत्नि राधिकासहित उपस्थित भएका थिए ।
खबर डबली बाट सभार गरिएको ।



