काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा भेट वार्ता भएको छ ।

तीन नेताबीच पछिल्लो राजनीतिक विषयमा छलफल गर्न बालुवाटारमा बैठक गरेको बालुवाटार स्रोतले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार मात्रै नेकपा एमालेबाट छुट्एिर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागी हुने र राजनीतिक दल विभाजन सहज हुनेगरि ल्याइएको अध्यादेशबारे छलफल गर्न बालुवाटारमा जुटेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगे लगत्तै नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन ।

सत्तारुढ गठबन्धनले आजै सरकार विस्तार गर्ने निर्णय गर्न सक्ने बताइएको छ।