नेकपा माओवादी केन्द्र मोरङले रंगेलीका मेयर दिलिप बगडिया (अग्रवाल) लाई मेयरबाट बर्खास्त गर्ने तयारी गरेको छ ।माओवादीबाट चुनाव जितेको बगडिया एमाले प्रवेशको तयारी गरेपछि उनलाई कारवाहीको तयारी गरिएको हो ।

उनी सचिवालय सदस्य तथा रंगेलीका इन्चार्जसमेत थिए । साउन २३ को माओवादीको जिल्ला कमिटी बैठकले उनलाई यो जिम्मेवारीबाट भने हटाइसकेको छ । बगडियालाई तीन दिनको समय राखेर स्पष्टीकरण सोधिएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै कारवाहीका लागि प्रदेश कमिटीमा पठाइएको सचिव गणेश उप्रेतीले बताए ।

‘नगर कमिटीबाट समेत मेयरबाट हटाउन भनेर पत्र आएको छ, पार्टी हितविपरीत गतिविधि गरेको ठहर भएकाले कारवाहीका लागि प्रदेशमा पठाएका छौँ,’ उनले भने, ‘अब प्रदेशले केन्द्रीय कमिटीमा सिफारिस गरेपछि केन्द्रले कारवाही गर्छ ।’

मेयर बगडियासहित रंगेली नगरपालिकाका तीन वडाध्यक्ष एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।वडा नम्बर १ का अध्यक्ष महेश खनाल, ७ का महानन्द मन्डल र ५ का अध्यक्ष कृष्ण खनालले एमाले प्रवेश गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।बगडियालाई कारवाही गरिसकेपछि ती वडाध्यक्षहरूलाई पनि कारवाही गरिने माओवादीले जनाएको छ ।

मओवादी केन्द्र प्रदेश सचिव सुरेशकुमार राईले भने पत्र प्रदेश कमिटीमा आइनपुगेको बताए । जिल्ला कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको मात्रै जानकारी आएको र बाँकी विषय थाहा नभएको बताए । ‘सिफारिस आए थप बुझेर अगाडि बढ्छौँ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah