झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले बिहिबार भारतबाट ल्याएको औषधी करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।