शैलेन्द्र डंगोलका ८५ वर्षीय हजुरबाको इच्छा थियो- आफ्नो एक मात्र नाति बिहेका दिनमा मर्सिडिज कार चढेर दुलही लिन जाओस् ।

तर, २९ वर्षका शैलेन्द्रले भने आफ्नो बिहेका लागि अर्कै योजना बनाइसकेका थिए । “एक जना काकाको कारमा उहाँ बिहे हुने ठाउँ, खुसिबुँमा आउन त आउनुभएछ । तर एक दुई घण्टा पछिसम्म पनि उहाँको अनुहारमा मसँगको रीस प्रष्ट देखिन्थ्यो ।”

“बाजेलाई म त रिक्सामा पो जाँदै छु भनेर भनेको, पत्याउँदै पत्याउनुभएन,” बिहे भएको करिब डेढ वर्षपछि शैलेन्द्र सम्झन्छन् । “पछि सिँगारिएको रिक्सा आइपुगेको देख्दा त बाजे क्या रिसाउनुभो ।”

शैलेन्द्र काठमाडौँ लगायतका सहरहरूलाई ‘साइकल सीटी’ बनाउनुपर्छ भन्ने अभियानका सक्रिय सदस्य हुन् । त्यसैले बिहेमा कार नचढ्ने कुरामा उनी पहिल्यैदेखि दृढ थिए । आफ्नो योजनामा उनले प्रेमिका सुमिरा श्रेष्ठलाई पनि मनाइसकेका थिए ।

त्यसैले त आफ्ना अन्य साथी र नातेदारलाई निम्ता गर्दा पनि उनले सकेसम्म साइकल चढेर जन्ती आउन भनेका थिए । “साइकल चलाउन आउँदैन, साइकल छैन वा असजिलो लाग्छ भने हिँडेर आउनुभए पनि हुन्छ ।

एउटा बसको पनि व्यवस्था गरौँला । तर सकेसम्म चाँहि साइकलमै आउनुहोला,” एकदमै हतारमा बिहेको तयारीमा जुटेका बेहुला आफैँले सम्भव भएसम्मका निम्तालुलाई सूचित गरेका थिए ।

“हुन पनि पछि छुट्टै रमाइलो भयो । कार्यक्रम सकेर घर फर्कने बेलामा त बेहुला बेहुलीको रिक्सा र करिब २० वटा साइकलका अगाडि बाजे आफैँ पो नाच्न थाल्नुभो,” शैलेन्द्र सुनाउँछन् ।

पुरानो सपना हुन त शैलेन्द्रमा साइकलमा जन्ती लैजाने सोच एकाएक उत्पन्न भएको होइन । उनी लगायतका केही साथीहरूले करिब आठ वर्ष अगाडिदेखि नै यसबारे सोच्न थालेका थिए ।

काठमाडौँमा विकास अध्ययन पढिरहेका शैलेन्द्र र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा मिडिया पढिरहेका शैल श्रेष्ठबीच सन् २००९ मा एउटा कार्यक्रमका दौरान भेट हुँदा काठमाडौँजस्ता प्रदूषण बढ्दै गएका सहरमा साइकललाई यातायातको माध्यमका रूपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah