नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ ।
एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।
एमाले सासंदहरुले नाराबाजी जारी राखेका छन् । उनीहरुले ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा कायम गर’ जस्ता नारा लगाएका छन् ।
दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।










