एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले केही युजरहरूलाई मुख्य एपमार्फत परीक्षणका रुपमा भ्वाइस तथा भिडियो कल गर्ने सुविधा उपलब्ध गराउने भएको छ।

यसको मुख्य उद्देश्य मेसेन्जर एप नखोली पनि युजरले भ्वाइस तथा भिडियो कल गर्न सकुन् भन्ने हो। सामाजिक सञ्जाल जायन्ट फेसबुकले थुप्रै वर्षअघि मेसेन्जरलाई मुख्य एपबाट छुट्टाइसकेको छ। यसको मतलब युजरले अबको फिचरमार्फत मेसेज तथा कल गर्नका लागि अर्को छुट्टै एप डाउनलोड गर्नुपर्ने हुन्छ। फेसबुकले आफ्ना फरक एपहरूबिच एक आपसमा मेसेज गर्न मिल्ने बनाउने कोसिसमा लागिपरेकोमा गत वर्षको सेप्टेम्बरमा इन्स्टाग्राम र फेसबुकमा यसलाई इनेबल गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसबाट युजरले एउटा एपबाट अर्को एपमा भएकाहरूलाई अर्को एप डाउनलोड नगरी कनट्र्याक्ट खोज्न तथा मेसेज र कल गर्न सक्षम बनायो। कम्पनीले कालान्तरमा ह्वाट्सएपलाई पनि यो मिश्रणमा समावेश गराउने योजनामा रहेको बुझिएको छ। तर फेसबुकका प्रवक्ताले गत सोमबार पूरा फिचरयुक्त मेसेजिङ, अडियो तथा भिडियो कलको अनुभवका लागि युजरले मेसेन्जर नै चलाउनुपर्ने बताएका छन्।