नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज बबरमहलमा पार्टी कार्यालय उद्घाटन गर्नुको साथै नयाँ बोर्ड र झन्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।

बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गरिरहेका थिए । जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा कायम गरेपनि ठाकुरले बबरमहलको कार्यालय छाडेका थिएनन् । अहिले लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि त्यसलाई विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पार्टी कार्यालय विधिवतरुपमा सुरुवात गरिएको बताए ।

पार्टी कार्यालय उद्घाटन तथा झण्डतोलनमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्यसहित अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

पार्टीको प्रमाणपत्र पाएपछि हिजो लोसपाको पहिलो कार्यकारिणी समिति बैठक बसेको थियो । सो बैठकले पार्टी निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिनुको साथै शुभकामना बधाई साटासाट भएको नेता सोनलले बताए । उनले भने, ‘पहिलो बैठक थियो, शुभकामना आदान प्रदान तथा बधाई सटासाट भयो, निर्वाचन आयोगको प्रावधान अनुसार २१ दिनभित्र प्रदेश तथा स्थानीय तहका प्रतिनिधिलाई प्रकृया पुर्याएर लोसपामा आवद्ध गराउन तयारीहरु गर्ने छलफल भएको छ ।’

लोसपामा लाग्न चाहने प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले निर्वाचन आयोगमा प्रकृया पुरा गरेर दल परिवर्तन सक्नेछन् । स्थानीय तहका लागि जिल्ला निर्वाचन कार्यालय र प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालयमा त्यसको प्रकृया सुरु हुने बताइएको छ । लोसपाको कार्यकारिणी समितिको अर्को बैठक शनिबारका लागि बोलाइएको छ ।

blob:https://www.facebook.com/e4c688d5-ebda-4b28-afbf-8cdd5473696c