बुद्वशान्ति,१२ भदौ । झापाको बुद्वशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा १७ वर्ष पूरा भई १८ वर्ष लागेका र कक्षा १२ काे परिक्षा दिनका लागि तयारी अवस्थामा रहेका विद्यार्थीहरूलाई एस्ट्रेजेनेका खोप दिने भएको छ ।

स्वास्थ्य कार्यालय झापाको समन्वय तथा गाउँपालिका भित्रको खोप समन्वय समितिको निर्णय अनुसार १७ वर्ष पूराभई १८ वर्ष लागेका कक्षा १२ को परिक्षा दिनका लागि योग्य तथा तयारी अवस्थामा रहेका बुद्धशान्ति क्षेत्रका विद्यार्थीहरुलाई एस्ट्रेजेनेका (AstraZeneca) पहिलो मात्राको खोप सेवा दिन लागिएको पालिकाले जानकारी दिएको छ ।

उक्त खाेप भोलि १३ गते आइतबारका दिन बुद्धशान्ति गा.पा. परिसर, बुद्धशान्ति-३ मा कक्षा १२ को परिक्षार्थीहरूलाई खाेप सेवा दिन लागिएको हो ।

कोभिड १९ संक्रमित भएर निको भएको ३० दिन पछि मात्र खोप लगाउन मिल्ने र खोप लगाउन आउँदा अनिवार्य कक्षा १२ को परिक्षामा सामेल हुने प्रवेश पत्र साथमा लिएर आउनुपर्ने छ।

खोप सेवा लिन आउँदा अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने अन्यथा पालिका खोप लाउन बाध्य नहुने जनाइएको छ । खोप सेवा बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म सञ्चालन हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah