
एसइई दिएका विद्यार्थीहरुका लागि एनसेलले विशेष अफर ल्याएको छ । एनसेलले विद्यार्थीहरुका लागि भदौ १५ अर्थात मंगलबारदेखि ‘पहिलो सिम’ अफर ल्याएको हो ।
एसइईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डाटा लगायत विभिन्न फाइदा लिन सक्नेछन् ।
पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र १०० वा सो भन्दा बढीको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डाटा पाउने छन् । त्यसै गरी रु ५० वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरूको फाइदा लिन सकिन्छ ।
यस्तो रिचार्जमा विद्यार्थीहरूले ३ दिन मान्य हुने ५०० एमबी डाटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसै गरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस प्राप्त हुने छ ।
विद्यार्थीहरूलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी आवश्यक पर्दछ । विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।